दफा
रकम फिर्ता लैजाने व्यवस्था

५. रकम फिर्ता लैजाने व्यवस्था

परिवत्र्य मुद्रामा लगानी गर्ने अनुमति पाएका विदेशी लगानीकर्ताले निम्नबमोजिमको रकम बजार विनिमय दरमा सदही गरी परिवत्र्य मुद्रामा नेपालबाहिर लैजान पाउनेछ ः–

५.१ विदेशी लगानीको केही वा सबै भागको शेयर बिक्रीबाट प्राप्त रकम,
५.२ विनेशी लगानी बापतको लाभ र लाभांशको रूपमा प्राप्त रकम,
५.३ विदेशी ऋणको साँवा र ब्याजको भुक्तानीको रूपमा प्राप्त रकम,
५.४ प्रविधि हस्तान्तरण सम्झौता अन्तर्गत प्राप्त रकम,
५.५ कुनै सम्पत्ति अधिग्रहण गरिएबापत क्षतिपूर्तिका रूपमा प्राप्त रकम,
५.६ स्वीकृत प्राप्त गरी नेपाली उद्योगमा कार्यरत परिवत्र्य विदेशी मुद्रा प्रचलनमा भएको मुलुकको विशेषज्ञले तलव, भत्ता आदि बापत प्राप्त गरेको रकमको बढीमा
७५ प्रतिशतसम्म परिवत्र्य विदेशी मुद्रामा फिर्ता लैजान पाउनेछ ।